काठमाडौँ । इजरायलले हमासले बन्दी बनाएका सबै बन्धकको रिहाईको माग गरेपछि युद्ध विरामको प्रस्ताव अलपत्र परेको छ ।
यसअघि हमासले कतार र इजिप्टले प्रस्तुत गरेको युद्ध विरामको प्रस्तावलाई स्वीकार गरेको थियो ।
तर इजरायलले गाजामा राखिएका सबै ५० बन्धकहरूको रिहाइको माग गरिरहेको छ, जसले गर्दा हमासले सोमबार सहमति जनाएको नयाँ ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गर्ने कि नगर्ने भन्ने शंका उत्पन्न भएको बताइएको छ ।
कतार र इजिप्टले प्रस्तुत गरेको प्रस्तावमा लगभग आधा बन्धकहरूको रिहाइ हुने र कतारका अनुसार यो प्रस्ताव इजरायलले पहिले स्वीकार गरेको अमेरिकी प्रस्तावसँग समान रहेको बताएको छ ।
इजरायलले यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको छैन तर इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले इजरायलले आंशिक सम्झौतामा रुचि नराख्ने बताएका छन् ।
उनले अब चीजहरू परिवर्तन भएको बताउदै प्रधानमन् बेन्जामिन नेतान्याहूले गाजाको भविष्यको लागि योजना बनाएको बताएका छन् ।
हमासले युद्ध विरामको सम्झौता भएमा १० जीवित र १८ मृत बन्धकहरूलाई पहिले हस्तान्तरण गरिनेछ, त्यसपछि दुवै पक्षले स्थायी युद्धविराम र अन्य बन्धकहरूको फिर्ताको लागि वार्ता गर्ने उल्लेख छ । इजरायलले २२ महिनाको युद्ध पछि ५० बन्धकहरू मध्ये २० मात्र जीवित रहेको विश्वास गरेको छ ।
प्रतिक्रिया