×

मोर्चा गठनप्रति बाबुरामको प्रतिक्रिया :सत्ताको बार्गेनिङको अंश बन्न नबनोस

images

काठमाडौं । नेपाल समाजवादी पार्टीका डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाको निर्माणप्रति शंका व्यक्त गरेका छन् । जालझेलले समाजवादको निर्माण नहुने भन्दै अध्यक्ष भट्टराईले मोर्चा सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा समाजवादी मोर्चा सोमबार गठन गरिएपछि भट्टराईले उक्त टिप्पणी गरेका हुन् । सो मोर्चामा डा. भट्टराईृको पार्टी समावेश हुन सकेन ।

‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन,’ उनले भनेका छन, ‘यो त उदात्त वैचारिकी निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’

उनले मोर्चाको गठन सत्ताको बार्गेनिङका लागि भएको आशंका गर्दै त्यसो नगर्न सुझाव पनि दिए । ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्,’ भट्टराईले भनेका छन, ‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’

मङ्गलबार ५ असार २०८० ११:५१ AM मा प्रकाशित

प्रतिक्रिया