×

ताप्लेजुङ बाढीपहिरोमा तीनको मृत्यु, तीन बेपत्ता : चार करोडभन्दा बढीको क्षति

images

ताप्लेजुङ । निरन्तर वर्षासँगै गएको बाढीपहिरोमा परेर ताप्लेजुङमा तीन जनाको मृत्यु भएको छ, भने तीन जना बेपत्ता भएका छन् । त्यस्तै, एकको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।

सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ । सोमबार बिहान गएको पहिरोमा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । आइतबार सोही गाउँका ३० वर्षीय गणेश तामाङको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बुका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढा क्षत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति ९ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेको र उनीहरूको खोजतलास तथा उद्धार कार्य जारी रहेको छ ।

त्यस्तै, सोही पहिरोमा परी गम्भीर घाइते भएका ४५ वर्षीय राजकुमार राईलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगर लगिएको छ ।

निरन्तर वर्षाका कारण ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा विभिन्न संरचनामा क्षति हुँदा चार करोडभन्दा बढी क्षति भएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

मङ्गलबार ५ असार २०८० ०८:२० AM मा प्रकाशित

प्रतिक्रिया