काठमाडौँ, २५ असोज २०८३- नेपालीहरूको महान् पर्व बडादसैँ आजबाट विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा घटस्थापना गरी जमरा राखिँदैछ । तर, केही दिनदेखि सामाजिक सञ्जाल र जनमानसमा "यस वर्ष २५ गते (आज) घटस्थापना गर्नु हुँदैन, भोलि २६ गते मात्र जमरा राख्नुपर्छ" भन्ने हल्लाले सर्वसाधारणमा अन्योल सिर्जना गरेको थियो।
आखिर २६ गते जमरा राख्ने हल्ला किन चल्यो त? र आजै अर्थात् २५ गते नै शास्त्रीय विधिअनुसार सजिलो तरिकाले जमरा कसरी राख्ने? यसबारे नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र धर्मशास्त्रका विज्ञहरूको आधिकारिक धारणासहितको विस्तृत विवरण यहाँ प्रस्तुत गरिएको छ:
२६ गते जमरा राख्ने हल्ला किन चल्यो?
ज्योतिषशास्त्र र धर्मशास्त्रका अनुसार आश्विन शुक्ल प्रतिपदाको दिन 'चित्रा नक्षत्र' र 'वैधृति योग' परेमा त्यसलाई घटस्थापनाका लागि शुभ मानिँदैन। यस वर्ष असोज २५ गते आज दिनभरि नै चित्रा नक्षत्र र वैधृति योग परेका कारण केही ज्योतिषी तथा सर्वसाधारणले आज घटस्थापना गर्न नहुने र भोलि २६ गते मात्र गर्नुपर्ने भन्दै हल्ला चलाएका हुन् ।
तर, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले भोलि २६ गते घटस्थापना गर्ने भनी चलाइएको हल्ला पूर्ण रूपमा शास्त्रसम्मत नभएको स्पष्ट पारेका छन् । शास्त्रअनुसार सूर्योदयकालमा प्रतिपदा तिथि भएको दिन नै घटस्थापना गर्नुपर्ने मुख्य नियम हुन्छ । पूरा दिन र रात नै चित्रा वा वैधृति योग परेको अवस्थामा पनि शास्त्रले त्यसको समाधान दिएको समितिले जनाएको छ ।
त्यसैले समितिले मध्याह्न काल र अभिजित् मुहूर्तको मध्य पारेर आज असोज २५ गते आइतबार बिहान ११ बजेर ४७ मिनेटको शुभ साइत निर्धारण गरेको हो ।
दोष निवारण गरी २५ गते नै जमरा राख्ने सजिलो तरिका
चित्रा नक्षत्र र वैधृति योगको दोष नलागोस् भन्नका लागि घटस्थापना गर्नुअघि शास्त्रअनुसार विधिपूर्वक शान्ति गर्नुपर्छ । सर्वसाधारणका लागि समितिले अत्यन्तै सजिलो उपायहरू सुझाएको छ:
१. गोदान गर्ने: सम्भव भएसम्म घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्तिका लागि एक गोदान (वा सोसरहको दान) गर्न सकिन्छ ।
२. प्रार्थना र नमस्कार (सबैभन्दा सजिलो विधि): यदि गोदान वा विशेष शान्ति पूजा गर्न असम्भव भएमा, घटस्थापना गर्नुअघि “चित्रा र वैधृति योगको दोष नलागोस्” भनी नवदुर्गा भगवतीको ध्यान गरी भक्तिपूर्वक प्रार्थना गर्ने र नमस्कार गर्ने । यसो गर्दा शास्त्रअनुसार सबै दोष नाश हुने र साइत शुभ हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
जमरा राख्ने सही र परम्परागत विधि
दसैँको जमरा राख्नका लागि तलका बुँदाहरू पालना गरी सजिलै घटस्थापना गर्न सकिन्छ :
अतः २६ गतेको भ्रममा नपरी आजै २५ गते तोकिएको शुभ साइत (बिहान ११:४७ बजे) मा भगवती दुर्गाको प्रार्थना गर्दै ढुक्कसँग घटस्थापना गर्न र जमरा राख्न धर्मशास्त्रविद्हरूको सुझाव छ ।
प्रतिक्रिया