×

भ्रष्टाचारको फाइल खोल्छु भनेपछि आफूमाथि षड्यन्त्र भयो- रवि लामिछाने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षका लागि बालिदिनुभएको बत्ती पाँच महिनामै निभेको बताएका छन्।

चितवन-२ को चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पाँच वर्षका लागि बालिदिनुभएको बत्ती पाँच महिनामै निभेको बताएका हुन्।

‘तपाईंहरूले पाँच वर्षका लागि बत्ती बालिदिनुभएको थियो। पाँच महिनामै निभ्न पुग्यो। अब फेरि बत्ती बालिदिनुहोला,’ उनले भने।

यस्तै, उनले मैले गृहमन्त्रीका रूपमा भ्रष्टाचारको फाइल खोल्छु भनेपछि आफूमाथि षड्यन्त्र भएको बताएका छन्।

बिहीबार ७ बैशाख २०८० ०८:२६ PM मा प्रकाशित

प्रतिक्रिया