×

हामी पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेका छौँ- प्रचण्ड

images

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएकाले देशको परिवर्तन गर्नका लागि पार्टीका मुल नेतृत्व र संस्थापन पक्षसँग आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको बताएका छन । पार्टीको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

प्रचण्डले विभिन्न पार्टीभित्र फरक–फरक विचारधाराका नेताहरु हुने भएकाले उनीहरुको अभिव्यक्ति फरक आए पनि मुल नेतृत्वहरुसँग निर्वाचनमा गठबन्धनलाई नै लिएर जाने निर्णय भएको जानकारी दिए । साथै उनले स्थानीय तहको निर्वाचन तोकिएको मिति वैशाख ३० मै हुने बताउँदै यसमा कसैले पनि द्विविधा पाल्न नहुने बताए ।

उनले निर्वाचनको प्रक्रियामा सामेल हुन र तयारीमा लाग्न पनि नेता कार्यकर्तालाई बताए । प्रचण्डले गठबन्धन होला र चुनाव जितौँला भनेर बस्न नहुने भन्दै आफ्नै तागतमा चुनावमा होमिनुपर्ने पनि दोहोर्याए । 

‘हामी ०४६ मा शान्ति सम्झौता गरेर आउँदा पनि कसैले पनि माओवादीले चुनाव जित्न भन्न सकेको स्थिति थिएन । ठूला भनेका राजनीतिक दलले त ५ सिट आउँछ होला माओवादीको भन्थे’, प्रचण्डले भने, ‘अहिले ०७४ सम्म आइपुग्दा र अब निर्वाचनमा जाँदै गर्दा सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेका छौँ ।’

साथै उनले आफ्नै पार्टीभित्र एमसीसीको विषयमा असन्तुष्ट नेताहरुसँग निर्वाचनपछि छलफल गर्ने पनि उल्लेख गरे । उनले भने,‘चुनावपछि पार्टीभित्र एमसीसीको कारण असन्तुष्ट नेताहरुसँग छलफल गर्नेछौँ । तर, अहिले देश निर्वाचनमा गइसकेकाले हामी फेरि एकजुट भएर निर्वाचनमा जुटिसकेका छौँ ।’ 
https://www.facebook.com/esancharpati/videos/708283993664782

आइतबार​ ६ चैत २०७८ ०९:५३ AM मा प्रकाशित

प्रतिक्रिया