काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–६ स्थित धापासीको एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।
बिहीबार धापासीस्थित स्थानीय भाइकाजी श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । प्रहरीका अनुसार आगलागीको कारण भएको क्षतिबारे विवरण संकलन भइसकेको छैन ।
आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको छ । बिहीबार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन प्रहरीले उपत्यकामा रहेका दमकलको प्रयोग गरेको थियो । आगलागीबाट मानवीय क्षति नभएको एसपी अधिकारीले बताए ।
प्रतिक्रिया