×

आज आईपीएल-२०२४ को अक्सन

images

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०२४ को अक्सन आज हुँदैछ । अक्सन नेपाली समय अनुसार दिउँसो सवा एक बजे दुबईमा शुरु हुनेछ । अक्सनमा कुल तीन सय ३३ खेलाडी सहभागी हुनेछन् । त्यसमा दुई सय १४ जना भारतीय, एक सय १९ विदेशी र दुई एसोसिएट देशका खेलाडी छन् ।

आईपीएलका लागि विश्वभरका एक हजार एक सय ६६ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । त्यसमध्ये भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ‘अक्सन’ का लागि तीन सय ३३ जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको थियो ।

एसोसिएट देशबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका डेविड विजा रहेका छन् । ३० विदेशीसहित कुल ७७ खेलाडी अक्सनमा बिक्न सक्नेछन् । नेपालबाट भने अक्सन लिष्टमा कुनै पनि खेलाडी परेका छैनन् । आउँदो वर्ष हुने आईपीएलको १६ औँ संस्करणको आधिकारिक मिति तय भइसकेको छैन। 

‘अक्सन’ कार्यक्रममा अधिकतम ७७ जना खेलाडीमात्र खरिद गर्न पाइने छ । ‘अक्सन’ मा खरिद गर्न पाइने अधिकतम ७७ मध्ये विदेशी खेलाडीको सङ्ख्या ३० रहेको छ । यसपटक ‘अक्सन’ मा सहभागी हुने १० वटा टोलीले कूल दुई अर्ब ६२ करोड ९५ लाख भारतीय रुपैयाँ खर्च गर्न पाउने छन् ।

मङ्गलबार ३ पुस २०८० ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया