काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन गर्न माग गर्दै चारजना नेताले आजदेखि आमरण अनसन सुरु गर्ने भएका छन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजेदेखि विद्यार्थी नेताहरु केशव रावल, प्रभावक गुप्ता, खकेन्द्र रावल र जनक ढुंगानाले आमरण अनसन सुरु गर्न लागेका हुन्। स्थगित सम्मेलन सुचारु गर्न नेतृत्व तहमै अलमल देखिएपछि आमरण अनसन बन्न लागेको रावलले बताए ।
यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको २३ औँ राष्ट्रिय सम्मेलन उमेरहद लगाउने कि नलगाउने विवादका कारण बन्दसत्र स्थगित भएको थियो । पार्टी नेतृत्वसँगको छलफलपछि मङ्सिर २३ र २४ गते सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको थियो ।
संगठनमा रहने विद्यार्थी नेतामा उमेरहद लागू गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको विवाद समाधान नभएपछि सम्मेलन स्थगित गरिएको थियो। त्यतिबेला विद्यार्थी नेताहरुबीच बन्दसत्र स्थलमै झडप र कुर्सी हानाहान भएको थियो।
प्रतिक्रिया