×

घुससहित पक्राउ परेका प्रधानाध्यापकसहित दुई जनाविरुद्ध मुद्धा दायर

images

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जय किसान माध्यमिक विद्यालय, रौतहटका प्रधानाध्यापक संजय प्रसादसहित दुई जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।

अख्तियारले प्रधानाध्यापक संजय प्रसाद र अरविन्द प्रकाश शाहलाई शिक्षकको जागिर दिने भन्दै लिएको साढे ४ लाख नगदसहित पक्राउ गरेको थियो ।

सो विषयमा अनुसन्धान गर्दा उनीहरुले घुस रकम लिएको पुष्टि भएको बताउदै अख्तियारले दुवैलाई जनही साढे ४ लाख बिगो तोकेर कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

 

बुधबार ४ मंसिर २०८२ ०६:३२ PM मा प्रकाशित

प्रतिक्रिया