×

समानुपातिक सुचीमा ‘सायरा’ निर्माता रघु

images

काठमाडौं । मङ्सिर ४ मा हुने संसदीय निर्वाचनमा कलाकारहरू पनि होमिएका छन् । कोही समानुपातिक तथा कोही प्रत्यक्ष चुनावी मैदानमा छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्न फिल्मकर्मीहरू उत्तिकै मेहनती देखिएका छन् । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारहरूको संख्या यसपटक उच्च छ । यी मध्येकै एक हुन् नेपाली फिल्मका निर्माता समेत रहेका राजनीतिज्ञ रघु परियार । उनी नेपाली जनता दल मार्फत सक्रिय राजनीतिमा छन् ।
 
आउँदो मङ्सिर ४ मा हुने निर्वाचनमा रघु नेपाली जनता दलको तर्फबाट समानुपातिक सुचीमा नम्बर १५ औँ स्थानमा परेकाछन् । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि नेपाली जनता दलले निर्वाचनमा आयोगमा बुझाएको सुचीमा उनी प्रतिनिधिसभा सदस्यतर्फ परेका छन् । अन्तराष्ट्रिय सम्पर्क राम्रो भएको र नेपाली राजनीति बुझेको युवा भएकोले उनको नाम सिफारिस गरिएको दलले जनाएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभामा २ सय ७५ सांसद रहनेछन् । जसमा १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन्।

नेपाली जनता दलका वरिष्ठ उपाध्यक्ष समेत रहेका रघुले आफ्नो नाम सर्वसम्मत रुपमा चयन भएकोमा खुसी व्यक्त गरे । ‘मलाई मेरो कर्मको फल प्राप्त भए जस्तो लागेको छ । मैले गरेको मेहनतले नै मलाई पार्टीबाट सर्वसम्मत रुपमा समानुपातिक तर्फको सुचीमा राखिएको छ’, उनले भने । निर्माता रघुले गत महिना बलिउड निर्माता तथा निर्देशक पुस्कर झासँगको सहकार्यमा ‘सायरा’ निर्माणको घोषणा गरेका छन् । पुस्करसँग उनको नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।

फिल्मलाई बलिउड अभिनेता तथा निर्देशक विशाल देसाईले निर्देशन गर्दैछन् । अस्ट्रेलियामा ९० प्रतिशत र नेपालमा १० प्रतिशत छायांकन हुने फिल्ममा आर्यन सिग्देल, सुफीया सिद्दिकी , कविता नेपाली लगायतको अभिनय रहनेछ । रघुले पहिलो फिल्म ‘विरांगना’ निर्माण गरेका थिएँ ।

बुधबार २ कात्तिक २०७९ ०७:३२ AM मा प्रकाशित

प्रतिक्रिया