काठमाडौँ । प्रहरीको ज्यानमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा प्रहरीको ज्यानमाथि आक्रमण गर्ने,आगजनी गर्ने, हतियार लुटपाट गर्ने अपराधमा संलग्न आरोपमा ४८ वर्षीय गौतम घिसिङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
घिसिङलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा थप ८ दिन म्याद अनुमति लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुन् । उनीमाथि ४ असोज २०७९ र १० फागुन २०७९ मा बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त गौशलामा मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया