काठमाडौँ । जेनजी आन्दोलनका क्रममा १२ स्टोर ध्वस्त भए पनि भाटभटेनीले कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा नगुमाउन बताएको छ । १० हजार कर्मचारी आबद्ध रहेको भाटभटेनीले कर्मचारीलाई पुरा पारिश्रमिक र दशैँ बोनस समेत दिने बताएको छ ।
देश भर २८ स्टोर रहेको भाटभटेनीले हाल १६ स्टोर संचालनमा ल्याएको र आगजनी भएका स्टोरका धेरै जसो कर्मचारीले अन्य स्टोरमा काम गरिरहेको र केहिले ध्वस्त भएका स्टोरमा सरसफाई लगायतका काम गरिरहेको बताएको छ ।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको निशानामा परेपछि काठमाडौँसहित धरान, विराटनगरम बुटवल लगायतका भाटभटेनीका स्टोर निशानामा परेका थिए ।
प्रतिक्रिया