×

उपसभामुख हटाउने कदम गलत छ, हामी विरोध गर्छौं- प्रचण्ड

images

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेको विषयको आफुहरुले विरोध गर्न बताएका छन् ।

प्रचण्डले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त गरेको महिलालाई अहिले अनाहकमा हटाउने कोसिस भएको भन्दै यसको आफुहरुले विरोध गर्ने बताएका हुन् । साथै प्रचण्डले उपसभामुख रानामगरले कुनै गलत काम नगरेको समेत दाबि गरेका छन् । 

उनले भने- 'उहाँहरुको एटेम्ट त धेरै पहला देखिको हो, उपसभामुख हटाउने, तर त्यो गलत गर्दै हुनुहुन्छ, गल्ति त उहाँहरुले गरिनै रहनुभएको छ, यो सरकार बने देखिनै उहाँहरुले गल्ति बाहेक राम्रो काम त गरेकै छैन, एउटा महिला, आदिबासी जनजाती महिला, सामाजिक सेवा, बालबच्चाको हेरचाह गर्नेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त  गरेको महिलालाई अहिले अनाहकमा हटाउने जो कोशिस गर्नुभएको छ, गलत छ यो, हामी यसको विरोध गर्छौं, उहाँले केहि गरेको केहि प्रमाण छैन ।' 

 

मङ्गलबार ३ भदौ २०८२ ०८:४८ PM मा प्रकाशित

प्रतिक्रिया