×

पटनाबाट नयाँ दिल्ली उडेकाे विमानमा आगाे लागेपछि पटनामै आकस्मिक अवतरण

images

भारतको पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आगो लागेपछि पुनः पटना विमानस्थलमा सकुशल अवतरण गरिएको छ । 

एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । त्यसपछि पाइलटले आगो लागेको इन्जिन बन्द गरेर विमानलाई सुरक्षित अवतरण गराएका र सबै यात्रु सकुशल रहेको प्रहरी वरिष्ठ उपरीक्षक मानवजीत सिंहलाई उद्धृत गर्दै एनडीटीभीले जनाएको छ । 

विमानको बायाँ पखेटामा चरा ठोक्किएपछि आगो लागेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीले जनाएको खबरमा उल्लेख छ । उडिरहेको विमानमा आगो लागेको देखेपछि स्थानीयवासीले प्रहरी र विमानस्थललाई जानकारी गराएका पटनाका जिल्ला अधिकारी चन्द्रशेखर सिंहले बताउनुभएको खबरमा उल्लेख छ । 

आइतबार​ ५ असार २०७९ ०२:४२ PM मा प्रकाशित

प्रतिक्रिया