काठमाडौं । सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन तथा सुकुम्वासी परिवारलाई पुनर्स्थापनाका लागि प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ दिने भएको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले पूर्वाधार विकास मन्त्रालयको प्रस्ताव बमोजिम जोखिमयुक्त बस्तीबाट विस्थापित भएकाहरूको रुजु गरी उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
यस्तै, जोखिमयुक्त बस्तीबाट हटाइएका भूमिहीन र सुकुम्वासीलाई तीन महिनाको बसोबास व्यवस्थापनका लागि ५ जनासम्मको परिवारलाई १५ हजार रुपैयाँ दिइने भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार ५ भन्दा बढी सदस्य भएका परिवारको हकमा भने प्रतिमहिना थप २ हजार रुपैयाँ उपलब्ध गराइनेछ।
मन्त्री पोखरेलले विस्थापित परिवारका वृद्ध, अशक्त र असहाय व्यक्तिहरूलाई भने तोकिएको होल्डिङ सेन्टरमै राखिने जानकारी दिए।
प्रतिक्रिया