×

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित 

images


काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । निरौलाले अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीलाई २६ मतले पराजित गरेका हुन् । कूल ४ सय ६८ मतमध्ये निरौलाले २ सय ३५ मत प्राप्त गरेका थिए भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । यसैगरि २६ मत बदर भएको छ । 
त्यसैगरी, उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन् । महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् । यस्तै सहकोषध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छिन् । कार्यसमिति सदस्यमा भने शितल केसी, गोपाल ढकाल ‘छन्दे’, खुश्बु खड्का, पुकार भट्टराई, सरिता राजोपाध्याय र समिर लामा चयन भएका छन् । 
 

आइतबार​ ५ चैत २०७९ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया