प्रतितोला १ लाख १० हजार पुग्यो सुनको मूल्य 

    images


    काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
    आज छापावाल सुन २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    अघिल्लो दिन शुक्रबार प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
    यस्तै तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
    त्यसैगरि चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।
     

    आइतबार​ ५ चैत २०७९ ११:५७ AM मा प्रकाशित

    प्रतिक्रिया