×

रवि लामिछानेलाई रिहा गर्न आदेश, भोली मात्र रिहा हुने

images

काठमाडौं । उच्च अदालत बुटवलले रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न अदालतले आदेश दिएको हो ।

रविलाई रिहा गर्दा अदालतले अघि सारेको शर्तमा विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्व जानकारी दिने भनिएको छ । प्रतिवादीले निवेदन साथ पेश गरेको बैंक जमानत (ग्यारेन्टी) २ करोड ७४ लाख ८४ हजार बिगोको हकमा सुरक्षित गर्नै भनिएको छ । 

उच्च अदालत, बुटबलले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान लागेका हुन् ।

रास्वपा स्रोतका अनुसार उनी भोलि बिहान  फ्लाइटमार्फत भैरहवा जाने तयारीमा छन् । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । अहिले कार्यालय समय भइसकेकोले भोलि शुक्रबारमात्रै जिल्ला अदालतमा उच्चको आदेश पुग्नेछ । लामिछाने हाल पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् । लामिछाने हाल पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् ।

बिहीबार ३ पुस २०८२ ०७:१० PM मा प्रकाशित

प्रतिक्रिया