काठमाडौ । महोत्तरीमा बिक्री वितरण भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । बर्दिबास नगरपालिकाको विभिन्न ठाउँमा बिक्री वितरण भइरहेको १८० लिटर मदिरा प्रहरीले बिहीबार राति नष्ट गरेको हो ।
मदिरा बिक्री वितरण गर्न निषेध गरेको अवस्थामा विभिन्न होटलमा बिक्री भइरहेको मदिरा जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गरिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । निर्वाचन अवधिभर कुनै पनि अवाञ्छित क्रियाकलाप नहुन भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा यसअघि नै मदिरा बिक्री वितरण र ओसारपसारमा पूर्ण रूपमा रोक लगाइसकिएको छ ।
यसका बाबजुद पनि बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
प्रतिक्रिया