×

सय वर्ष पुरानो जिन्स ८७ हजार डलरमा बिक्यो

images

सन् १८८० को दशकको एक लिभाइस् जिन्स न्यू मेक्सिकोको सानो सहरमा लिलामीमा राख्दा ८७ हजार डलरमा बिक्री भएको छ । यो जिन्सको पाइन्ट आफूलाई ‘डेनिम पुरातत्त्वविद्’ भन्ने एक व्यक्तिले प्रयोगविहीन खानीमा फेला परेका थिए । र यसलाई २३ वर्षका काइल हाउटनर र जिप स्टीभेन्सनले किनेका छन् ।

स्टीभेन्सनले ‘लिलामी सुरु नभएसम्म जिन्स संयुक्त रूपमा किन्नेबारे कुनै योजना नरहेको’ बताउँदै अहिले फर्किएर हेर्दा रमाइलो लाग्ने बताए । जिन्सलाई परेको ८७ह जार ४०० डलरमध्ये ९० प्रतिशत हाउटनर र बाँकी १० प्रतिशत स्टीभेन्सनले किनेका थिए । यस जोडीले सम्भवतः हालसम्मकै धेरैमध्ये एक मूल्यमा उक्त जिन्स किनेका छन् । 

स्टीभेन्सनले लगभग तीन दशकदेखि लस एन्जलसिमा डेनिम मर्मत गर्ने पसल चलाइरहेका छन् र यत्रो अवधिमा उनले लिलामीमा खरिद गरेजस्तो जिन्स किन्न सकेका थिएनन् । ‘यी जिन्स अत्यन्त दुर्लभ हो । त्यसमाथि यति पुरानो भएर पनि यो अझै उत्कृष्ट अवस्था र आकारमै रहेको छ,’ स्टिभेन्सनले भने । 

स्टीभेन्सनले पाँच वर्षअघि अमेरिकाको पश्चिममा माइकल ह्यारिसले पत्ता लगाएकै समयमा यस जिन्सबारे सुनेका थिए । ह्यारिसले पाँच वर्षसम्म झण्डै ५० परित्यक्त खानीहरूमा पुराना जिन्स खोजेका थिए । तर धेरैमा उनले गुणस्तरीय जिन्स फेला पार्न सकेनन् । यस्ता केही जिन्समात्र अस्तित्वमा छन् र तीमध्ये अधिकांश सङ्ग्रहालयहरूमा राखिएका छन् । 

तर लिलामीमा बेचिएको जिन्स भने ‘आश्चर्यजनक रूपमा टिकाऊ छ, त्यसलाई लगाउने मिल्ने’ टीभेन्सनले भने । ‘जिन्समा केही नरम दागहरू छन् जसलाई केही मर्मत गरेमा यो एकदमै राम्रो जिन्स हुन् ,’ स्टिभन्सले भने । 

अब यी जिन्सलाई के गर्ने योजनामा छन् त दुई जोडी रु ‘हामी यसलाई अत्यन्त चासो राख्ने निजी खरिददारलाई बिक्रीको लागि प्रस्ताव गर्ने विचार गर्नेछौँ,’ स्टिभेन्सनले भने । 

मङ्गलबार १ कात्तिक २०७९ ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया