जनकपुरधाम । जनमत पार्टीले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टिकरण सोधेको छ ।
मुख्यमन्त्री सिंहले पदबाट राजीनामा गर्न दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै तीन दिनमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो । केन्द्रीय उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले बिहीबार एक पत्र लेख्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेका हुन् ।
जनमतले यसअघि नै आफ्नै नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिदै मुख्यमन्त्री र मन्त्री समेत फिर्ता बोलाएको पत्र प्रदेश सभालाई बुझाएको थियो । मुख्यमन्त्री सिंहले भदौ २३ गते सामाजिक सञ्जालमा मुख्यमन्त्रीबाट राजीनामाको घोषणा गरेपनि उनले आफ्नो राजीनामा प्रदेश प्रमुखलाई बुझाएका छैनन् ।
प्रतिक्रिया