काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री आफ्नो दुई दिने भ्रमण पुरा गरि स्वदेश फर्किएका छन् ।
नेपालका विदेश सचिव अमृत बहादुर राईको निमन्त्रणामा,आइतबार बिहान काठमाडौँ आइपुगेका मिश्रीले भ्रमण पुरा गरि सोमबार स्वदेश फर्किएका हुन् ।
भ्रमणको क्रममा, भारतका विदेश सचिव मिश्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट वार्ता गरेका थिए ।
विदेश सचिव मिश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्री ओलीलाई भारतको औपचारिक भ्रमणको लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका थिए ।
त्यस्तै नेपालका विदेश सचिव र भारतका विदेश सचिवले नेपालका प्रधानमन्त्रीको आगामी भारत भ्रमणको लागि सम्भावित उपलब्धिहरूलाई अधिकतम बनाउनमा केन्द्रित हुँदै भौतिक सम्पर्क, ऊर्जा सहयोग, डिजिटल सम्पर्क र विकास सहयोगका विभिन्न पक्षहरूमा व्यापक छलफल गरेका थिए ।
प्रतिक्रिया