काठमाण्डाै उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने भन्दै किनारमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । पछिल्लो एक घण्टामा विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको छ ।
विष्णुमती गोङ्गबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह साढे एक मिटर बढेको देखिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया