काठमाडौँ, ४ असार । स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको हो।
महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको महासङ्घले जनाएको छ।
प्रतिक्रिया