×

पाँचथरमा माटाेको ढिस्कोले पुरिएर एक जनाकाे ज्यान गयो

images

पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकमा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । एक बालिका घाइते भएकी छिन् ।

आज बिहान मदन पन्धाकको घरकाे जग हाल्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर ६९ वर्षीय गोपाल ढुङ्गानाको ज्यान गएको हो ।

ढुङ्गानालाई पाँचथर अस्पताल पुर्याइए पछि चिकित्सकले मृत घोषित गरेका हुन् ।

यस्तै, माटाे ढिस्कोले पुरिएर मदन सुब्बाकी ११ वर्षीया छोरी क्याट्रिना सुब्बा घाइते भएकी हुन् । बालिकाकाे फिदिममा रहेकाे समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो।

सोमबार ५ बैशाख २०७९ ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया