काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका छन्। रास्वपाबाट राजनीतिमा सक्रिय भएसँगै उनले काठमाडौंको मेयर पदबाट राजीनामा दिएका छन्।
उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएका हुन्। हाल बालेनलाई रास्वपामा वरिष्ठ नेताको पद दिइएको छ। यससँगै उनी महानगरमा साढे तीन वर्ष नेतृत्व गर्न पुगेका छन्। आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनले झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बन्नका लागि उनले मेयर पदबाट राजीनामा दिएका हुन् ।
पदबाट राजीनामा दिएका बालेन शाह घण्टीघर पुगेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन् । उनीसहित जेनजी अभियन्ता सुदन गुरुङ समेत घण्टीघर पुगेका छन् । उनीहरूलाई रास्वपा नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् । बालेन,सुदनले कार्यालयमा रास्वपाको चुनाव चिह्न घण्टी समेत बजाएका छन् । लगत्तै उनी रास्वपा कार्यालयबाट बाहिरिएका छन् ।

प्रतिक्रिया