तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा दुई बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यस्तै ३० जना घाइते भएका छन् ।
गण्डकी जिएए ००७० नम्बरको बस र भे१ख ३४८७ नम्बरको बस एकआपसमा ठोक्कँदा पोखराको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । उनी गण्डकी जिएए ००७० नम्बरको बसका चालक रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
बसमा च्यापिएका यात्रुलाई मुग्लिन पोखरा सडक योजनाको डोजरको सहयोगमा उद्धार गरिएको छ । हाल घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पताल र गम्भिर बिरामीलाई चितवन पठाइएको प्रनाउ थापाले बताए ।
प्रतिक्रिया