काठमाडौँ । भारतको त्रिपुरामा तीन बंगलादेशी नागरिकको मृत्यु भएको छ ।
त्रिपुरामा तीन बंगलादेशी नागरिकको मृत्युको बंगलादेशले कडा विरोध जनाएको छ । बंगलादेशको विदेश मन्त्रालयले भनेको छ- 'बंगलादेश सरकारले अक्टोबर १५ मा त्रिपुरामा तीन बंगलादेशी नागरिकलाई निर्मम कुटपिट गरी हत्या गरिएको घटनाको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछ । यो जघन्य अपराध अस्वीकार्य छ। यो मानव अधिकार र कानूनको शासनको उल्लङ्घन हो ।'
यस घटनाको बारेमा भारतीय विदेश मन्त्रालयले समेत प्रतिक्रिया दिदै मृतक बंगलादेशी नागरिकहरूलाई 'तस्कर' भनेको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले उनीहरुले गाईवस्तु चोर्ने प्रयास गरिरहेको बताएका छन् ।
उनले भने- 'हामीले थाहा पाएका छौं, अक्टोबर १५, २०२५ मा त्रिपुरामा एउटा घटना भएको थियो, जसमा तीन बंगलादेशी तस्कर मारिएका थिए । तीन जना बंगलादेशी अपराधीहरूले अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतीय क्षेत्रको बिद्याबिल गाउँबाट गाईवस्तु चोर्ने प्रयास गरेका थिए । तिनीहरूले स्थानीय गाउँलेहरूलाई फलामको रड र चक्कुले आक्रमण गरे, उनीहरूलाई घाइते बनाए र एक गाउँलेको मृत्यु भयो, जबकि अन्य गाउँलेहरूले आक्रमणकारीहरूको प्रतिरोध गरे ।'
भारतीय विदेश मन्त्रालयका अनुसार, अधिकारीहरू घटनास्थलमा पुग्दा दुई तस्करहरू मृत फेला परे, र तेस्रो व्यक्तिको भोलिपल्ट अस्पतालमा मृत्यु भएको थियो ।
उनले मृतक तीन जनाको शव बंगलादेशी पक्षलाई हस्तान्तरण गरिएको र प्रहरीले यस विषयमा मुद्दा दर्ता गरेको बताएका छन् ।
प्रतिक्रिया