×

कोटेश्वर भाटभटेनीमा पनि जलेको अवस्थामा भेटियो शव

images

काठमाडौँ । कोटेश्वरस्थित भाटभटेनीमा पनि जलेको अवस्थामा शव फेला परेको छ ।

बुधबार बिहान काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली भएको खुलेको छ । उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

पहिचान गर्न नसकिने अवस्थामा रहेको शव नजिक फेला परेको सिमबाट उनको पहिचान भएको हो । परिवारले समेत उनी हराएको रिपोर्ट प्रहरीमा गरेका थिए । 

यसअघि काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा ६ शवका अस्थिपञ्जिर फेला परेका थिए भने धरानको भाटभटेनीमा ४ र विराटनगरको भाटभटेनीमा एक जनाको शव फेला परेको थियो ।

 

बुधबार १ असोज २०८२ ०९:०२ PM मा प्रकाशित

प्रतिक्रिया