काठमाडौँ । सरकारका तीन मन्त्रीहरुले आगजनी गरिएको नयाँ बानेश्वरस्थित संसद भवनको अनुगमन गरेका छन् ।
बुधबार अनुगमन गरेपछि मिडियाकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री कुलमान घिसिङले नयाँ संसद् अधिवेशन सिंहदरबारमा बनिरहेको भवनबाट शुरु हुने बताए ।मन्त्री घिसिङले नयाँ बनिरहेको संसद भवन पुससम्म बनिसक्ने बताए ।
उनले भने- धेरै ठुलो क्षति भएको छ । यो क्षतिलाई तत्काल एसेस्मेन्ट गरेर यसलाई कसरी तत्काल र दिर्घकालमा कसरी पूर्ववत अवस्थामा ल्याउन सकिन्छ भन्ने बारेमा काम गर्छौं । तत्काल गर्नुपर्ने कामहरु काम गर्छौं । र अन्य जतिपनि पूर्वाधारहरुमा भएको क्षति केहि मर्मत गरेर अगाडी बढ्छौं भने मर्मत गरेर नहुने पूर्वाधारलाई बनाउन प्रक्रिया शुरु गर्छौं ।'
अनुगमनमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल पुगेका थिए ।
प्रतिक्रिया