×

५ वर्षमा विद्युत खपत ३ गुणाले बढ्यो : कुलमान घिसिङ

images

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पछिल्लो ५ वर्षमा नेपालमा ३ गुणाले विद्युत खपत बढेको बताएका छन् । बुधबार आज आयोजित प्राधिकरणको ३७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ५ वर्षमा ३ गुणाले विद्युत खपत बढेको बताए ।

मंगलबार विद्युत प्राधिकरणमा घाटामा हुँदा तलब खान पनि ऋण लिनुपर्ने थियो । प्राधिकरणमा गर्ने कुनै पनि निर्णयको कार्यान्वयनमा आउँदैनथ्यो,’ उनले भने, ‘प्राधिकरणमा घाटामा हुँदा केही निर्णय हुँदा अख्तियार र संसदीय समितिबाट चिठ्ठी आउँथ्यो ।’ 

यो सफलता प्राधिकरणको आन्तरिक म्यानेजमेन्टले मात्रै नभइ विद्युत खपत बढाउने योजनाअनुसार नै भएको उनको भनाइ छ । यस अवधिमा विद्युत खपत बढाउनका लागि धेरै ठाउँमा पूर्वाधार बनाइएको छ ।

ट्रान्समिसन लाइन र विद्युतीय सवारीको प्रयोग बढाउने विषय पनि उठाइएको छ । ‘प्रत्येक वर्ष २५ प्रतिशतसम्म खपत बढ्नु ऊर्जा क्षेत्रमा ठूलो प्रगति हो,’ उनले भने । वि।सं। २०४१ सालमा स्थापना भएको थियो ।

यसैगरी, गत आर्थिक वर्षमा प्राधिकरणको नाफा बढेर १६ अर्ब रुपैयाँ पुगेको छ । भारत सरकारबाट ३६४ मेगावाट विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको छ । जसले प्राधिकरणको नाफालाई उल्लेख्य सहयोग गर्यो । ‘

यसले भारतीय बजारमा नेपालको पहुँच बढाएको छ,’ घिसिङले भने, ‘विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै विदेशी मुद्रा सञ्चिति भइ राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ । आगामी वर्षहरूमा थप बिजुली निर्यात गर्ने लक्ष्य लिइएको छ ।’


 

 

बुधबार १ भदौ २०७९ ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया