×

काउली र गोलभेँडामा घातक विषादी

images

काठमाडौं । काउली र गोलभेँडासहित विभिन्न पाँच किसिमका तरकारीमा घातक विषादीको अवशेष पाइएको छ । कालीमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालामा परीक्षण गरेका तरकारीका नमुनामध्ये काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी विषादीको अवशेष फेला परेको पाइएको हो । 

 

केन्द्रीय कृषि प्रयोगशालाका अनुसार कालीमाटीको विश्लेषण एकाइमा गत आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ८८३ वटा नमुनाको परीक्षण गरिएकोमा ४६ वटामा अत्यधिक विषादी अवशेष भेटिएको हो । परीक्षण गरिएका नमुनामध्ये तोरीको साग, काउली, हरियो खुर्सानी, गोलभेँडामा सातरसात वटा खान नहुने विषादीको अवशेष भेटिएको थियो । यस्तै तुनेबोडीमा पाँचवटा, काँक्रो र घिउ सिमीमा तीनरतीनवटा, भेँडेखुर्सानी र गाँजरमा दुईरदुई वटा, हरियो फर्सी, बन्दा सलगममा एक-एक वटामा विषादीको अवशेष भेटिएको थियो । यी तरकारीमा विषादीको रोकावट दर ४५ देखि १२० प्रतिशतसम्म थियो ।  

 

यस्तै सो अवधिमा २९ किसिमका तरकारीमा केही दिन पर्खेर पुनः परीक्षणमा रिपोर्ट ठीक भएमा खान मिल्ने विषादीको अवशेष भेटियो । यो भनेको विषादीको रोकावट दर ३५ देखि ४५ प्रतिशत हो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र सहज खान मिल्ने भनी वर्गीकरण गरिएको छ । त्यसो त एकाइ सञ्चालनमा आएको पहिलो वर्ष (२०७१ असार) एक महिनामा परीक्षण भएका १८७ नमुनामध्ये २६ वटा तरकारीमा खान नमिल्ने विषादीको अवशेष देखिएको थियो । गोरखापत्र दैनिक/सीता शर्मा

बुधबार १ भदौ २०७९ ०८:२२ AM मा प्रकाशित

प्रतिक्रिया