×

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले गिरावट, चाँदीको भाउ भने बढ्यो

images

३ असार, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको हो।

महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ तय गरेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत हप्ताको बुधबार (जेठ २७ गते) भने सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ रहेको थियो।

सुनको भाउ ओरालो लागे पनि बुधबार चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी, बुधबार बढेर प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ। गत हप्ताको बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँ रहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा फेरबदल भइरहेको व्यवसायीहरू बताउँछन्।

बुधबार ३ असार २०८३ १२:०९ PM मा प्रकाशित

प्रतिक्रिया