×

रेशम चौधरी क्रान्तिकारी- डा. बाबुराम भट्टराई

images

काठमाडौं । नेपाल समाजवादी का अध्यक्ष डा. बाबुराम भट्टराईले टीकापुर घटनाका प्रमुख दोषी रेशम चौधरीलाई क्रान्तिकारीको संज्ञा दिएका छन् । डा. भट्टराईले चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको यसअघिको फैसलालाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गर्ने पुनः फैसला गरेको सन्दर्भमा बुधबार एक ट्विट गर्दै क्रान्तिकारीको संज्ञा दिएका हुन् ।

उनले ट्विटमा भने, “क्रान्तिकारीले पुरानोरविद्यमानसँग विद्रोह गरेर नयाँरभविष्यमुखी सोंचरमान्यतारविधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन् ।”

ट्विटरमा उनले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुराना र विद्यमान कानून, नजीर, सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् । क्रान्तिकारीले पुरानो र विद्यमानसँग विद्रोह गरेर नयाँ  र  भविष्यमुखी सोंचरमान्यतारविधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन् । इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहने छ । रेशम चौधरी क्रान्तिकारी हुन् । सलाम ।’

बुधबार ३ जेठ २०८० ०१:०२ PM मा प्रकाशित

प्रतिक्रिया