काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्रै मनोनयन परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
सांसद मोहन आचार्य प्रस्तावक र सांसद जनकराज गिरीको समर्थनमा खड्काले बिहीबार समिति सभापति पदमा मनोनयन दर्ता गराएका थिए। समितिको सभापतिमा निर्विरोध निर्वाचित भएपछि खड्काले देशमा आर्थिक अनुशासनको अनुभूति हुने गरी काम गर्ने बताए।
उनले मुलुकको विकासका लागि संघदेखि स्थानीय तहसम्म र विभिन्न निकायहरूमा आर्थिक अनुशासन वित्तीय सुशासन कायम राख्नुको विकल्प नभएको धारणा राखे। नवनिर्वाचित सभापति खड्काले अख्तियार, सतर्कता केन्द्र र लेखा समितिलाई देखाएर ढिलासुस्ती गर्ने प्रवृति अब दोहरिन नदिने स्पष्ट पारे।
प्रतिक्रिया