काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले देशमा आगो लागेको बेला झगडा गरेर बस्ने समय नभएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा गर्ने समय नभएको भन्दै अहिले मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला भएको बताएका हुन् ।
उनले सबैले मिलेर आत्म समिक्षा नगरे इतिहासले कसैलाई क्षमा नगर्ने चेतावनी समेत दिएका छन् नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो ।
उनले भनेका छन्:
नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ । घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला यो हैन । वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो । सबैले गम्भीर आत्म-समीक्षा गरौं ! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन !
प्रतिक्रिया