×

नर्सका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

images

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् ।

विहिबार स्वास्थ्य सचिव डा विकास देवकोटासँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी हुन् । स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारीमा रहेकी प्रधानमन्त्री कार्कीले आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन गर्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलित भएका छन् । मन्त्रालयले सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक सरकारले तोके बमोजिम ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेपनि सो निर्णय कार्यान्वयन भएको छैन ।

 

बिहीबार ३० असोज २०८२ ०९:१२ PM मा प्रकाशित

प्रतिक्रिया