×

शताब्दी पुरुषको निधन

images

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी अब हामीमाझ रहेनन् । आज बिहान उनको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । १०३ वर्षका जोशी केही दिनदेखि ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत थिए ।

जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए । उनलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको बताइएको थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण समेत बढेको थियो । साथै मुटुको चालसम्बन्धी समस्या पनि देखिएको थियो । अवस्था जटिल भएपछि अक्सिजन कमी भएर उनलाई सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको थियो ।

उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । उपचारकै सिलसिलामा जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा मृत्यु भएको हो ।

आइतबार​ ३० असोज २०७९ ०८:५३ AM मा प्रकाशित

प्रतिक्रिया