काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज पशुपतिमा अन्त्यष्टि गरिएको छ ।
टिचिङ अस्पतालबाट पशुपतिसम्म शव यात्रा गरी अन्त्येष्टि गरिएको हो ।टिचिङ अस्पतालबाट मृतकका मृतक र हजारौं सहभागी भएर शव यात्रा गरिएको थियो । सरकारको तर्फबाट उर्जामन्त्री कुलमान घिसिङ उपस्थिति भएर शवमा नेपाली राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।
उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्दै उनीहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
सरकारले सोमबारको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर मृतकका परिवारलाई काजकिरियाका लागि एक एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, उनीहरुको सम्झनामा असोज १ गते राष्ट्रिय शोक दिवस मनाइने निर्णय पनि सरकारले गरेको छ ।
प्रतिक्रिया