×

विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढ्यो

images

काठमाडौँ । विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको साउन महिनाको देशको आर्थिक तथा वित्तीय रिपोर्टमा साउन महिनामा विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको उल्लेख छ ।  

राष्ट्रबैंकले २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तमा २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छजनाएको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ साउन मसान्तमा २.७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको छ । त्यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ साउन मसान्तमा ४ प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग

रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २६ खर्ब ३ अर्ब ४ करोड रहेकोमा २०८२ साउन मसान्तमा १२ प्रतिशतले वद्धि भई २९ खर्ब ४ अर्ब ५८ करोड कायम भएको छ । २०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

मङ्गलबार ३१ भदौ २०८२ ०९:०४ AM मा प्रकाशित

प्रतिक्रिया