×

जेनजी आन्दोलनका शहिदहरुको आज अन्त्यष्टि हुदै

images

काठमाडौँ ।  जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज अन्त्यष्टि हुने भएको छ ।  हाल टिचिङ अस्पतालमा प्रक्रिया पुर्‍याउनेक्रम जारी रहेको छ भने त्यसपछि आजै शव यात्रा गरी अन्त्येष्टि गरिने तयारी भइरहेको ।  अहिलेसम्म १० वटा शवको पोष्टमार्टम भइसकेको र आज १० जनाको अन्त्यष्टि हुने बताइएको छ ।    

अहिले टिचिङ अस्पतालमा मृतकका आफन्त र शव यात्रामा सहभागी हुन जुट्नेक्रम शुरु भएको छ । आज महाराजगन्ज स्थित टिचिङ अस्पतालबाट सब यात्रा सुरु हुने र शव यात्रामा गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ पनि उपस्थिति हुने हामी नेपाल संस्थाले जनाएको छ ।

सरकारले सोमबारको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर मृतकका परिवारलाई काजकिरियाका लागि एक एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्दै उनीहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । यस्तै, उनीहरुको सम्झनामा असोज १ गते राष्ट्रिय शोक दिवस मनाइने निर्णय पनि सरकारले गरेको छ ।

मङ्गलबार ३१ भदौ २०८२ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया