×

ट्रम्पको बन्धकलाई ढालको रुपमा प्रयोग नगर्न हमासलाई चेतावनी

images

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई ढालको रूपमा प्रयोग गर्ने हमासको दाबी बारे कडा चेतावनी दिएका छन् । 

ट्रम्पले हमासले बन्धकलाई ढालको रुपमा प्रयोग गरेमा अहिलेसम्मका सबै शर्तहरु खारेज हुने चेतावनी दिएका हुन् ।

ट्रम्पले ट्रुथ सोसियलमा भनेका छन्- 'मैले भर्खरै एउटा समाचार रिपोर्ट पढें कि हमासले जमिनमाथि बन्धकहरू लिएर इजरायली अपरेशनको विरुद्धमा मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । आशा छ, हमास नेताहरूले यो गरेमा उनीहरू के गरिरहेका छन् भनेर जान्नेछन् ।

अमेरिकी राष्ट्रपतिले यसलाई 'मानवीय क्रूरता' भनेका छन् । उनले भने- 'यस्तो हुन नदिनुहोस् नत्र, सबै सर्तहरू खारेज हुने छन् । सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर्नु !'

गत हप्ता, इजरायलले कतारको दोहामा हमास नेताहरूमाथि आक्रमण गरेपछि गाजाको वातावरण बिग्रिएको छ । यो आक्रमणको अमेरिकी राष्ट्रपति ट्रम्पसहित धेरै देशका नेताहरूले निन्दा गरेका छन् भने अरब देशहरुले इजरायलसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।

 

 

मङ्गलबार ३१ भदौ २०८२ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया