×

जेलेन्स्कीसँग ट्रम्पको एक घण्टा कुराकानी, थप छलफलका लागि वाशिंटन बोलाए

images

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग लगभग एक घण्टा 'लामो कुराकानी' टेलिफोन कुराकनी गरेका छन् ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलास्काबाट वाशिंगटन डीसी फर्कने क्रममा ट्रम्पले जेलेन्स्कीसँग लामो कुराकानी गरेको जानकारी दिएकी छन् ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँगको वार्तापछि युक्रेन युद्ध बारे भएको छलफलको ब्रिफिङ जेलेन्स्कीलाई गरेका हुन् । लेभिटले ट्रम्पले नाटो देशका नेताहरूसँग पनि फोनमा कुरा गरेका बताएकी छन् । 

युक्रेनी राष्ट्रपति कार्यालयले जेलेन्स्कीले बिहान ट्रम्प र युरोपेली नेताहरूसँग कुरा गरेको पुष्टि गरेको छ । कार्यालयले भनेको छ- 'यो लामो कुराकानी थियो । यो कुराकानी जेलेन्स्की र ट्रम्प बीच सुरु भयो, त्यसपछि युरोपेली नेताहरू पनि यसमा सामेल भएका थिए ।'

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सोमबार वाशिंगटन डीसीमा राष्ट्रपति ट्रम्पलाई भेट्ने बताएका छन् । टेलिग्राममा एक अपडेटमा उनले निमन्त्रणाको लागि आभार व्यक्त गरेका छन् ।

आज बिहान भएको ट्रम्प पुटिन बार्तामा सहमति नबनेपनि दुवै नेताले सकारात्मक भएको टिप्पणी गरेका छन् । 

 

शनिबार ३२ साउन २०८२ ०७:२५ PM मा प्रकाशित

प्रतिक्रिया