फलेन्द्र मगर / युएई
१७ -जुलाई युएई को अति विकट मानिने राज्य , अजमान राज्य नेपाली राजदुताबास अबुधावीबाट दुरदराज को दृष्टि मानिने गरिन्छ । आजमान र सारजाह आसपास मा बसोबास गर्ने नेपाली श्रमिकहरुको लागी नेपाली राजदुतावास आबुधाबी सम्म आउजाउ गर्न लाई एकतर्फी मात्र कम्तिमा १८० किमि को दुरी लाई छिचोल्नु त्यति सहज होइन ।
त्यसै असुविधा लाई मध्यनजर गर्दै एन आर एन ए एन सिसि युएई ले अजमान र शारजाह क्षेत्रमा कार्यरत नेपाली श्रमिक हरु को सहजिकरण का लागी नेपाली राजदुतावास, युएई को समन्वय मा राहदानी नविकरण घुम्ति शिविर को आयोजना गरिएको हो ।
शिविर मा एकै दिनमा सवै भन्दा धेरै ४२२ जना सेवाग्रहीले राहदानी नविकरण को सेवा लिएको एन आर एन ए एन सिसि, युएईका सचिव जिवन सिंह ठकुरीले जानकारी दिए।
शिविरमा appointment नै नलिइएका सेवाग्राही हरु लाई समेत सेवा दिइएको थियो । नेपाली राजदूतावास अबूधावी युएई को प्राविधिक टोली तथा सम्पुर्ण कर्मचारी लगायत नेपाल एसोसिएसन –एनआरएनए एनसीसी युएईको सम्पुर्ण पदाधिकारी हरु स्वयंसेवक हरु ले सेवाग्राही लाई सहजिकरण गरेका थिए। शिविर मा युएईमा स्थापित विभिन्न संघ संस्था र सामाजिक अभियन्ता हरु को समेत सहभागिता थियो।
प्रतिक्रिया