काठमाडौं । यूएईको जेलमा रहेका १२० नेपाली नागरिकले आममाफी पाएका छन् ।
यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले यूएई सरकारले ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा विभिन्न घटनामा परेर जेलमा रहेका १२० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको जानकारी दिएको हो ।
दुताबासले युएई सरकारप्रति आभार व्यक्त गर्दै विभिन्न कसुरमा जेलमा रहेका नेपालीलाई बाँकी सजाय माफ गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया