×

विधेयक सर्वसम्मतिले स्वीकृत

images

राष्ट्रियसभाको आजको बैठकले औषधि तेस्रो संसोधन विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संसोधन० विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त विधेयकमाथि विचार गरियोस भनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सदनसमक्ष पेश गर्नुभएको थियो ।

    यस्तै बैठकले शपथसम्बन्धी विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले शपथसम्बन्धी विधेयक दफावार छलफलका लागि  सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

    शोक प्रस्ताव पारित

    बैठकले पूर्वमन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेप्रसाद तिमल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । स्व चौधरी नेपाल कम्युनिष्ट पार्टी ९संयुक्त०बाट विसं २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो ।

बिहीबार २ असार २०७९ ०४:४१ PM मा प्रकाशित

प्रतिक्रिया