×

अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा सत्यता छैन : मन्त्री कार्की

images

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।

आज बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सार्वभाैम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरू रहेकोले विना प्रक्रिया कुनै व्यक्ति, सेना आउने र रहने कुरा कुरामै सीमित रहेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘एमसीसी परियोजना अब कार्यान्वयनमा गइसकेको छ । जुन उद्देश्यका साथ एमसीसी परियोजना लागू भएको छ, यसबाट नेपाली जनताले पाउने प्रतिफल देखिँदै जानेछ । एमसीसी परियोजनालाई समयमै सम्पन्न गरेर यसको लाभबाट नेपाली समाजलाई लाभान्वित गर्नका लागि हामी सबैले साझा प्रयत्न गरौँ । नेपाल सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो । एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरू छन् । ती प्रक्रियाविना कुनै व्यक्ति, सेना आउने, रहने कुरा कुरा मात्रै हो । यसमा कुनै सत्यता छैन ।’

मन्त्री कार्कीले एमसीसी परियोजनालाई समयमै सम्पन्न गरेर यसको लाभबाट नेपाली समाजलाई लाभान्वित गर्नका लागि सबैले साझा प्रयत्न गर्नुपर्ने बताउनुभयो । 

बिहीबार २ असार २०७९ ०२:३९ PM मा प्रकाशित

प्रतिक्रिया