×

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।  भेटमा राष्ट्रपति निर्वाचन, सरकारको पूर्णता र समसामयिक राजनीतिक बिषयमा छलपपल भएको छ । राष्ट्रपति निर्वाचन आउने २५ फागुनमा तय भएको छ ।

सत्तारुढ दलबीचको पूर्व सहमति अनुसार राष्ट्रपति एमालेको भागमा परेका छ । तर, माओवादी केन्द्रसँग एमाले शशंकित छ । राष्ट्रपति साझा उम्मेदवार हुनु पर्ने सर्त राखेपछि एमाले माओवादीसँग सन्तुष्ट छैन । 

यद्यपी भेटमा प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिको निर्वाचनमा एमालेलाई सहयोग गर्न ओलीलेआग्रह गर्दै आएका छन् । पुस १० गते भएको सहमति अनुसार एमालेले सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार उठाउने र त्यसैमा सर्वपक्षीय सहमति गर्नुपर्ने ओलीको अडान रहेको छ ।
 

बिहीबार ४ फागुन २०७९ ११:०९ AM मा प्रकाशित

प्रतिक्रिया