काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
बुधबार जिल्ला अदालत काठमाडौंको इजलासले सुन तस्करीमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
अदालतमा पेस भएको प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदनअनुसार महराको चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको देखिएको भने दुवैको मिलेमतोमा इ–सिगरेटमार्फत सुनको तस्करी गरिएको आरोप लगाइएको छ । महराविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम मुद्धा दायर भएको थियो ।
महरालाई पुर्पक्षको आदेशपछि सुन्धारा कारागारमा पठाइएको छ ।
प्रतिक्रिया